Monday, April 6, 2009

भारतबाट २ महिनाका लागि ३० मेगावाट विद्युत् ल्याइने

काठमाडौं, चैत २३ (दैनिकी)- नेपालले भारतबाट दुई महिनाका लागि विद्युत् ल्याउने भएको छ।
वर्षा मौसम लागेर खोलामा पानी बढ्नुअघि दुई महिनाका लागि गण्डकबाट भारतको रामपुर हुँदै ३० मेगावाट विद्युत् ल्याउन लागिएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठका अनुसार आगामी दश दिनभित्र भारतबाट उक्त परिमाणको विद्युत् आयात गर्न लागिएको हो।

भारतको ऊर्जा मध्यस्थकर्ता पावर ट्रेडिङ कर्पोरेशन पिटिसीले प्रस्ताव गरेको विद्युत् खरिद दरमा अझै सहमति नभइसकेको श्रेष्ठले बताए। घटाउने प्रयास भइरहेको छ, उनले भने- एक दुई दिनमा नै दरबारे निष्कर्षमा पुग्न सकिन्छ। पिटिसीले भारतीय ५ रुपैया ५० पैसामा प्रतियुनिट लागत प्रस्ताव गरेको थियो।
गत शुक्रबार बसेको प्राधिकरणको साचालक समिति बैठकले पिटिसीबाट विद्युत् खरिद गर्ने कुरालाई सैद्धान्तिकरुपले स्वीकार गरिसकेको छ। यसैगरी जलस्रोत मन्त्रालयले पनि भारतबाट विद्युत् आयातका लागि मानिसकेको छ। भारतबाट ल्याउन लागिएको विद्युत् बिहार स्टेट इलेक्ट्रिसिटी बोर्डले उत्पादन गरेको हो।

- 2009-04-05 18:34:17
http://www.dainikee.com/news/index.php?action=news_details&news_id=5837

No comments:

Post a Comment