Wednesday, April 1, 2009

भारतद्वारा दुई सय मेगावाट विद्युत बेच्ने प्रस्ताव

काठमाडौं, चैत १९ (दैनिकी)- भारतको उर्जा दलाल कम्पनी पावर ट्रेडिङ कर्पोरेशन पिटिसीले नेपाललाई २ सय मेगावाट विद्युत तत्काल बेच्ने प्रस्ताव राखेको छ। जलस्रोत मन्त्रालयलाई मंगलबार फ्याक्समार्फत पठाइएको पत्रमा यस्तो प्रस्ताव राखेको मन्त्रालय स्रोतले बतायो। झण्डै एक अनुच्छेदमा सवै कुरा समेटिएको पिटिसीको पत्रमा उनीहरुले विद्युत खरिदको दर/रेट भने उल्लेख गरेका छैनन्।

नेपाले उक्त परिमाणको विद्युत खपत गर्न सकेन भने त्यसको व्यवस्थापन पनि पिटिसीले नैं गर्ने व्यहोराको पत्र नेपाललाई प्राप्त भएको हो। अल्पकालका लागि केही महँगो र दिर्घकालका लागि भए केही सस्तोमा पिटीसीले नेपाललाई विद्युत बेच्न सक्ने मन्त्रालय स्रोतले बतायो। पत्रमा पिटिसीका अध्यक्ष टिएन ठाकुरको हस्ताक्षर छ।

- 2009-04-01 07:38:23
http://www.dainikee.com/news/index.php?action=news_details&news_id=5651

No comments:

Post a Comment