Tuesday, April 21, 2009

नौमुरेलाई बहुउपयोगी बनाउनेबारे छलफल

काठमाडौा, वैशाख ६ गते । संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सभासद्हरूले नौमुरे आयोजनालाई कसरी बहुउपयोगी बनाउने भन्ने विषयमा छलफल गर्नुभएको छ ।

नौमुरेमा विद्युत्गृह निर्माण गरी राप्ती नदीको पानीबाट २४० मेगावाट जलविद्युत् उत्पादन गर्ने सो आयोजनाको लक्ष्य रहेको छ ।

दाङ, अर्घाखााची, प्यूठान, बााके र कपिलबस्तु गरी पााच जिल्ल्ााबाट प्रतिनिधित्व गर्ने सभासद्हरूको उपस्थिति रहेको छलफलमा जलविद्युत् आयोजना सञ्चालन हुादा अन्य आयोजनालाई त्यसको असर कम र नौमुरे आयोजनालाई कसरी बहुपयोगी गर्ने भन्नेबारे छलफल केन्दि्रत भएको बताइएको छ ।

बैठकमा सहभागी सभासद् पुष्पा भुसालले दिनुभएको जानकारीअनुसार आयोजनाका बारेमा विस्तृत जानकारी लिने उद्देश्यले जलस्रोतमन्त्रीसाग बसेर कुरा गर्ने निर्णय भएको बताउनुभयो ।

सो आयोजना१ सञ्चालनका लागि नेपाल-भारतबीच सहमति भएकाले अब सम्झौता गर्दा सम्बन्धित जिल्लाका सरोकारवालाहरूलाई बढीभन्दा बढी फाइदा पुग्ने गरी गर्न जलस्रोतमन्त्रीको ध्यानाकर्षण गराइने भएको छ ।

कपिलबस्तु जिल्लाको पश्चिम भेगको करिब ३० हजार हेक्टर असिञ्चित खेतीयोग्य जमिनका लागि भालुवाङबाट सुरुङ खनेर राप्तीको पानी सुराही खसाल्ने र उक्त असिञ्चित भू-भागलाई सिाचाइ उपलब्ध गराउने भन्ने विषयमा दुवै मुलुकबीच सैद्धान्तिक सहमतिसमेत भइसकेको छ ।

सो आयोजना भारतले उपहारस्वरूप बनाइदिने गरी भारत सरकारको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को गत भारत भ्रमणका क्रममा त्यसबारे सहमति भएको थियो ।

http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=17350&cat_id=16

No comments:

Post a Comment