Wednesday, April 1, 2009

प्रधानमन्त्रीद्वारा जलविद्युत् परियोजना उपहारका लागि आग्रह

नर्वे, चैत १८ - प्रधानमन्त्री पुष्पकमल दाहालले लोडसेडिङ्को सामना गरिरहेको नेपाललाई तत्काल एउटा जलविद्युत् परियोजना उपहार दिन नर्वेसँग आग्रह गरेका छन् । नर्वे भ्रमणका क्रममा भएका विभिन्न उच्चस्तरिय भेटवार्तामा उनले जलविद्युत्मा लगानि गर्न आग्रह गर्दै उपहार परियोजनाको अवधारणा अघि सारेका हुन् । नेपाली प्रतिनिधिमण्डलले उपहार परियोजनाबारे स्पष्ट नपारेपनि खिम्ति दोश्रो वा तामाकोशी तेश्रोमध्ये कुनै एकमा लगानी गर्न आग्रह गरेको हो ।

तामाकोशी वा खिम्तिमध्ये कुनै एक परियोजना उपहारका रुपमा पाउनसक्ने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हिराबहादुर थापाले जानकारी दिए । दाहालसँगको भेटमा नर्वेली समकक्षी जेन्स स्टोलटेनवर्गले आफ्नो सरकारले सिधै जलविद्युत्मा लगानी गर्न नसक्ने उल्लेख गर्दै निजी कम्पनि मार्फत लगानि गर्ने बताएका थिए ।

नर्वेजियन कम्पनिमार्फत एसएन पावरले तामाकोशी तेश्रोको सम्भाब्यता अध्ययन गर्न अनुमति पाइसकेको छ भने खिम्तिमा नर्वेको लगानी छ । नर्वेले खिम्ति दोश्रो र तामाकोशी तेश्रोमा विशेष चासो राख्दै आएको छ ।

Posted on: 2009-03-31 02:08:03
http://www.ekantipur.com/nepali/kolmain.php?&nid=187175

No comments:

Post a Comment