Monday, April 6, 2009

सिएफएल ल्याउन कम्पनी छानियो

  • जिई र रेडियन्ट छनौट
  • बजारमा नक्कली छ्यापछ्याप्ती
दिनेश कार्की, काठमाडौं चैत २३
विद्युत् प्राधिकरणले कम ऊर्जा चाहिने सिएफएल चीम स्थानीय बजारमा बेच्न जनरल इलेक्ट्रिसिटी जिई र रेडियन्ड छनौट गरेको छ। यी कम्पनीले सिएफएल चीम ल्याएपछि उपभोक्ताले सहुलियत दरमा गुणस्तरीय वस्तु किन्न पाउनेछन्।


कम्पनीले चीम ल्याएपछि प्राधिकरणले एउटा किन्नेलाई अर्को सित्तै दिने अभियान शुरु गर्नेछ सरकारले केही समयअघि राष्ट्रिय विद्युत् संकट घोषणा गर्दा ´सिएफएल घरदैलो´ कार्यक्रम घोषणा गरेको थियो।

प्राधिकरणले घोषित कार्यक्रमअनुसार उपभोक्तालाई सहुलियत दरमा सिएफएल चीम उपलब्ध गराउन यी बहुराष्ट्रिय कम्पनी छनौट गरेको हो प्राधिकरणका अनुसार जिई र रेडियन्टका चीम किन्नेले एउटा किन्दा अर्को सित्तैमा पाउनेछन्।

अमेरिकाको जेनेरल इलेक्ट्रिसिटी जिइ र चीनको रेडिएन्ट कम्पनीले सिएफएल चीम दुई महिनापछि बजारमा ल्याउने छन् एक साताअघि प्राधिकरणको बोर्डले यी कम्पनी छनोट गरेको हो । ´छानिएका कम्पनीसँग छिट्टै सम्झौता गर्छौं´, प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले भने- ´कम्पनीले सम्झौताको ६० दिनपछि चीम ल्याइपुर् याउँछ।´ श्रेष्ठका अनुसार सिएफएल अभियान शुरुमा १४ जिल्लामा स`ञ्चालन हुनेछ यसबाट २ लाख ५० हजार ग्राहक लक्षित हुनेछन्।

वितरण तथा ग्राहक सेवा महाप्रबन्धक दीपकप्रसाद उपाध्यायले गुणस्तर टिकाउ र मूल्यका आधारमा कम्पनी छानिएको जानकारी दिए प्राधिकरणद्धारा निर्धारित गुणस्तरका सिएफएल चीम हाल बजारमा छैनन्।

छनौट भएका कम्पनीले वितरण गर्ने सिएफएल चिम कम्तीमा १८ महिना टिक्नेछन्। ९ देखि २१ वाट क्षमताका ती चीमको औसत मूल्य १ सय ८३ रुपैयाँ पर्ने अनुमान छ। उपाध्यायले बढीमा २ सय रुपैयाँभन्दा उपभोक्ताले तिर्नु नपर्ने बताए।
हाल बजारमा बिक्री भैरहेका सिएफएल चीमको भाउ १ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म छ। चीनबाट आयातीत न्युन गुणस्तरका सिएफएल चीम केही महिनामात्र टिक्ने गरेका छन्।

प्राधिकरणले एउटा किन्नेलाई अर्को सित्तै दिने अभियान शुरु गरेवापत कम्पनीलाई मूल्य अभिबृद्धि कर लगायतका छुट दिने छन् । प्राधिकरणले आफ्नो अभियान शुरु गर्दा यी कम्पनीको ब्रान्डको समेत प्रचार प्रसार गरिदिने छ । माघ पहिलो सातादेखि कार्यान्वयनमा ल्याउने भनेको सिएफएल घरदैलो कार्यक्रम हालसम्म कार्यन्वयन भएको छैन । सिएफएल घरदैलो अभियानका लागि सरकार र प्राधिकरणले १० करोड रुपैयाँ खर्च गर्ने योजना छ ।


नक्कली सिएफएलको बिगविगी

प्राधिकरणले सिएफएलको प्रयोग गर्न जनचेतनामूलक विज्ञापन गरेपनि बजारमा छ्यासछ्यास्ती नक्कली सिएफएल विक्री भएका छन् । प्राविधिकका अनुसार लेवलमा लेखिए भन्दा बढी विद्युत खपत गर्ने खालका सिएफएल बजारमा छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ पनि बजारमा गुणस्तरहीन सिएफएलको विक्री बढेको स्वीकार्छन्। श्रेष्ठका अनुसार बजारमा ११ वाट लेखिएका केही कम्पनीका सिएफएलले २५ वाटसम्म विद्युत खपत गर्ने गरेका छन्। वानेश्रका कविन्द्र पाठक भन्छन्-ुप्राधिकरणले सिएफएलको ब्राण्ड छान्न ढिलाइ गर्दा कुन सक्कली कुन नक्कली हो भनेर छुट्याउन उपभोक्तालाई गाह्ो भएको छ।ु

प्राधिकरणद्धारा निर्धारित गुणस्तरीय मापदण्डका चीम अब यी कम्पनीले भित्राउने छन् । यस अघि पनि यी कम्पनीका सिएफएल चीम बजारमा विक्री हुने गरेका थिए ।

- 2009-04-05 17:05:32
http://www.dainikee.com/news/index.php?action=news_details&news_id=5833

No comments:

Post a Comment