Monday, April 20, 2009

महँगोमा भारतीय बिजुली आयात

कान्तिपुर संवाददाता

काठमाडौं, विद्युत् प्राधिकरणले लोडसेडिङ कम गर्न भारतबाट महँगोमा बिजुली किन्ने भएको छ । मंगलबारदेखि वाल्मीकिनगर- रामनगर -नवलपरासी) खण्डबाट ३० मेगावाट बिजुली आयात हुने प्राधिकरणले बताएको छ । पछिल्लोपटक भारतसँग तय भएको दरले प्राधिकरणलाई प्रतियुनिट कम्तीमा डेढ रुपैयाँ घाटा पर्नेछ । यो रकम चुहावटबाहेकको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठका अनुसार भारतीय बिजुली पmयुल सरचार्जबाहेक प्रतियुनिट भारु ४ रुपैयाँ ७९ पैसा -नेपाली ७ रुपैयाँ ६० पैसा) हुनेछ । पmयुल सरचार्ज भने प्रतियुनिट १० देखि ७० भारतीय पैसासम्म हुन सक्छ । सरचार्ज तय भई नसकेको श्रेष्ठले बताए ।

भारतको सरकारी ऊर्जा दलाल कम्पनी पावर टे्रडिङ कर्पाेरेसन -पीटीसी) बाट प्राप्त हुने यो बिजुली बढीमा दुई महिनाका लागिमात्र हो । अल्पकालका लागि भएकाले भारतीय बिजुली महँगो भएको श्रेष्ठले बताए । प्राधिकरणको औसत बिक्रीदर प्रतियुनिट ६ रुपैयाँ ५० पैसा छ । पीटीसीसँग पुनः वार्ता गरेर दोस्राेपटक दर निर्धारण गरिएको श्रेष्ठले बताए । पीटीसीले यसअघि स्टेट इलेक्टि्रसीटी, बिहारबाट प्रतियुनिट भारु ४ रुपैयाँ ८६ पैसा, त्यसपछि चार पैसा दलाली खर्चलगायत शुल्क जोडेर भारु ५ रुपैयाँ ५६ पैसा-नेपाली ८ रुपैयाँ ९० पैसा) तय गरेको थियो । त्यसबाहेक कोइलाको भाउ बढ्दा त्यसअनुसार नेपालले लिने बिजुलीमा समायोजन गरिने भारतीय प्रस्ताव थियो । 'पीटीसीसँग पुनः वार्ता गरेपछि बिहारको दरमा ४ रुपैयाँ ८६ बाट ११ पैसा झारेको हो,' श्रेष्ठले आइतबार कान्तिपुरसित भने, 'पmयुल सरचार्ज कति हुन्छ भन्ने थाहा नभएकाले वास्तविक दर अझै थाहा छैन ।'

प्राधिकरणले यसअघिको सम्झौताअनुसार प्रतियुनिट भारु ४ रुपैयाँ ५४ पैसामा टनकपुर, कोसीबाट आयात गरिरहेको छ । दुई देशबीच सम्पन्न विद्युत् आदान-प्रदान सम्झौताअनुसार बिजुली लिने हो भने सस्तो पर्छ । १ सय ५० मेगावाटसम्म आदान-प्रदान गर्न सकिने सम्झौता भए पनि भारतले त्यसलाई मानेको छैन ।

जलस्राेत मन्त्रालयले ऊर्जा संकट कम गर्न जारी गरेको ३५ बुँदे कार्यक्रममा भारतबाट बिजुली आयात गरिँदा प्राधिकरणलाई प्रतियुनिट ७० पैसा अनुदान दिने उल्लेख छ । श्रेष्ठका अनुसार सरकारसँग प्राधिकरणले अनुदान माग्नका लागि मन्त्रालयमा पत्राचार गरिसकेको छ । 'हामीले यति पर्ने भयो भनेर मन्त्रालयलाई जानकारी गराइसकेका छौं,' उनले भने । भारतीय बिजुली आयातका लागि प्राधिकरणले सोमबार एलसी खोल्ने भएको छ । भारतीय बिजुलीले पश्चिमाञ्चलका बुटवल, भैरहवा, पाल्पा, कृष्णनगरलगायतका स्थानलाई ठूलो राहत दिनेछ । कम भोल्टेजका कारण यसको असर काठमाडौंमा भने पर्दैन ।

औद्योगिक क्ष्ाेत्र लोडसेडिङमुक्त प्राधिकरणले सरकारको व्यवस्थापनमा सञ्चालित औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त पारेको छ । सोमबारदेखि चौबीसै घन्टा बिजुली आपूर्ति भइरहने औद्योगिक क्ष्ाेत्रमा बालाजु, पाटन, भक्तपुर, हेटौंडा, पोखरा र बुटवल छन् । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार आपmना डेडिकेटड फिडर भएका र दुईवटाभन्दा कम खपत गर्ने उद्योगको पनि लोडसेडिङ हटाइएको छ ।

Posted on: 2009-04-19 20:38:37
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=190151

No comments:

Post a Comment