Sunday, March 8, 2009

पूर्वमा भारतबाट ३५ मेगावाट आपूर्ति

सुनसरी, फागुन १९ - कटैया प्रसारण लाइनबाट ३५ मेगावाट बिजुली आपूर्ति आइतबार पुनः सुरु भएको छ । सहमतिअनुसार भारतबाट ६० मेगावाट आउनुपर्नेमा एकैपटक भार क्षमता बहन गर्न नसक्ने भएकाले क्रमशः आपूर्ति बढ्दै जाने प्राधिकरणको दुहबी गि्रडका इन्जिनियर वीरेन्द्रकुमार झाले बताए । देशको बढ्दो लोडसेडिङ कम गर्न प्रतीक्षारत कटैयाबाट आउने बिजुली आपूर्तिमा देखिएको समस्याबारे गि्रडको टोलीले भारतीय पक्षसित कुरा गरेको थियो । 'भारतीय पक्षले आपूर्ति दैनिक बढ्दै जाने जानकारी गराएका छन्,' झाले भने कोसी कटानले ढालेका टावर मर्मत गरेपछि साढे ६ महिनापछि विद्युत् आपूर्ति भएको हो । भदौ २ गते कोसीको पूर्वी तटबन्ध भत्केपछि श्रीपुर र कोसी क्षेत्रसहित भारतमा रहेका ५ टावर भत्केका थिए । झाले टावर मर्मत भर्खरै सकिएकाले आपूर्तिमा समस्य आइरहने जानकारी दिँदै भने, '६० मेघावाट आपूर्ति भए पनि यति नै घन्टा लोडसेडिङ घट्छ भन्न सकिन्न ।' भारतीय पक्षले दैनिक आपूर्ति हुने बिजुलीबारे 'चार्ट' पठाउने व्यवस्था गरेको छ । कटैया-दुहबी प्रसारण लाइनको आपूर्तिसँगै दैनिक ६ घन्टासम्म लोडसेडिङमा कमी आउने दाबी सरकारले गर्दै आएको छ । तर कुलेखानीको सतह घटेकाले लोडसेडिङ नघट्ने प्रावधिकहरूले बताउँदै आएका छन् ।

Posted on: 2009-03-02 02:23:04
http://www.ekantipur.com/nepali/kolcom.php?&nid=182800

No comments:

Post a Comment