Monday, March 30, 2009

प्रधानमन्त्री ओस्लोमा, वायु ऊर्जाबारे छलफल

ओम थापा

काठमाडौँ, चैत १६ गते । युरोपेली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आइतबार नर्वेको राजधानी ओस्लो पुग्नुभएको छ ।

शनिबार काठमाडौँबाट प्रस्थान गर्नुभएका प्रधानमन्त्री प्रचण्ड थाइल्यान्डको बैङ्कक र बैङ्ककबाट डेनमार्कको कोपेनहेगन हुँदै ओस्लो पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कोपेनहेगनमा त्यहाँ रहेका गैरआवासीय नेपालीसँग दुई घण्टा बिताउनुभएको थियो ।

कोपेनहेगनमा प्रधानमन्त्री प्रचण्डलाई डेनमार्कका लागि नेपाली राजदूत विजयकान्त कर्णले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले ओस्लोमा नर्वेका वातावरण तथा अन्तर्राष्ट्रिय विकासमन्त्री एरिक सोल्हेमलाई भेट्नुभएको छ । भेटमा नेपालमा जलविद्युत् विकासका विषयमा छलफल भएको भ्रमण दलमा सहभागी प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार ओम शर्माले जानकारी दिनुभयो । सोल्हेमसँग प्रधानमन्त्री प्रचण्डले विशेषगरी वायु ऊर्जाका विषयमा छलफल गर्नुभयो । सोल्हेमले प्रधानमन्त्री प्रचण्डसँग नेपालमा जारी शान्ति प्रक्रियाका विषयमा जिज्ञासा राख्नुभयो । सोल्हेम नेपालको शान्ति प्रक्रियाका विषयमा जानकारी लिन यसअघि नेपाल पनि आइसक्नुभएको छ । अन्तर्राष्ट्रिय विकासमन्त्री समेत रहनुभएका सोल्हेमसँग नेपालमा जारी सहयोगका विषयमा समेत छलफल भयो ।

नर्वेले नेपाललाई गत वर्ष झन्डै तीन अर्ब रुपियाँ सहयोग दिएको थियो । प्रधानमन्त्री प्रचण्डले नर्वेमा त्यहाँको पब्लिक ब्रोडकास्ट टेलिभिजनलगायतका सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनुभएको पनि सल्लाहकार शर्माले जानकारी दिनुभयो । अन्तर्वार्तामा युरोपेली सञ्चारमाध्यमले खासगरी नेपालमा जारी शान्ति प्रक्रिया, बहुदलीय व्यवस्थाप्रति माओवादीको प्रतिबद्धताका विषयमा जिज्ञासा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय भएको बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने चुनौती अझै समाप्त नभएकोसमेत जानकारी युरोपेली सञ्चारमाध्यमलाई दिनुभयो । प्रधानमन्त्री प्रचण्डले माओवादी बहुदलीय शासन व्यवस्था, कानुनी शासन, मानवअधिकार, स्वतन्त्र प्रेसलगायतका विषयमा स्पष्ट रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डसाग युरोपेली सञ्चारमाध्यमले नर्वे र फिनल्यान्ड भ्रमणका विषयमा समेत जिज्ञासा राखे । समुद्री किनारा अवलोकन गर्दै दिएको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले नर्वे भ्रमण ऊर्जा विकासका विषयमा केन्दि्रत रहने जवाफ दिनुभयो । प्रधानमन्त्री प्रचण्डले नर्वेले नेपालमा द्वन्द्व अन्त्यका लागि सहयोग गरेको भन्दै त्यसको प्रशंसासमेत गर्नुभयो ।

नर्वेको स्थानीय समय अनुसार दिउासो १ बजे ओस्लो पुग्नुभएका प्रचण्डले सााझ नर्वेमा रहेका गैरआवासीय नेपालीलाई भेट्नुभयो । भेटमा प्रधानमन्त्री प्रचण्डले विदेशमा नेपालीले कमाएको ज्ञान, सीप, अनुभव देशका लागि आवश्यक भएको बताउनुभयो । उहााले नेपालका नदीनाला हीरामोती हुन्, पर्यटन र जलविद्युत्को विकासबाट नेपाललाई नर्वेभन्दा विकसित बनाउन सकिने, त्यसका लागि जारी शान्ति प्रक्रियालाई छिट्टो टुङ्गोमा पुर्‍याउनुपर्ने समेत बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान नर्वेका राजा हेराल्ड बिसाग शिष्टाचार भेट गर्ने, त्यसैगरी आˆना समकक्षी नर्वेका प्रधानमन्त्री जेन्स स्टोलटेनवर्गलाई पनि भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री स्टोलटेनवर्गसागको भेटमा नेपालमा जलविद्युत् विकासका विषयमा महìवपूर्ण छलफल हुने बताइएको छ ।

http://gorkhapatra.org.np/gopa.detail.php?article_id=16380&cat_id=14

No comments:

Post a Comment