Sunday, March 29, 2009

जलविद्युत् र वैकल्पिक ऊर्जा विकासका लागि महत्वपूर्ण

काठमाडौँ, चैत १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले युरोपेली मुलुक नर्वे र फिनल्यान्डको आˆनो भ्रमण नेपालको जलविद्युत् र वैकल्पिक ऊर्जा विकासका लागि महìवपूर्ण हुने बताउनुभएको छ ।

ती दुई देशको एक साताव्यापी भ्रमणमा जाने क्रममा शनिबार अपराहृन थाइल्यान्डको राजधानी बैङ्ककतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यसपटकको युरोप भ्रमण नेपालका लागि अन्य भ्रमणभन्दा बढी उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।

"हाइड्रो र हेल्थ एजुकेसनका लागि नर्वेले निकै प्रगति गरेको मुलुक हो भने फिनल्यान्डचाहिँ फरेस्ट्री र विन्ड इनर्जी -वायु ऊर्जा) को प्रविधि विकास गरेको मुलुक हो, त्यसैले ती देशको भ्रमण नेपालको वर्तमान अपस्थामा सान्दर्भिक हुनेछ", प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड काठमाडौँबाट शनिबार थाई एयरको टीजी ३३६ को नियमित उडानमा थाइल्यान्डको राजधानी बैङ्ककतर्फ जानुभएको हो । डेढ दर्जन सदस्यसहितको टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड थाइल्यान्डको बैङ्कबाट कोपनहेगन हुँदै नर्वेको राजधानी ओस्लो पुग्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड आउँदो २२ गते बैङ्कक भएर स्वदेश र्फकने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीको बिदाइ गर्न सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरालगायतका मन्त्रीगण, सभासद्, कूटनीतिक नियोगका प्रमुख, सरकारका सचिवहरू, सुरक्षा अङ्गका प्रमुखहरू, एकीकृत नेकपा माओवादीका नेताहरू पुग्नुभएको थियो ।

प्रधानमन्त्रीको भ्रमणदलमा प्रधानमन्त्री पत्नी सीता, पुत्र प्रकाश सहभागी हुनुहुन्छ । टोलीमा मुख्य सचिव भोजराज घिमिरे, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, सहसचिव प्रद्युम्नविक्रम शाह, प्रधानमन्त्रीका सल्लाहकारद्वय ओम शर्मा र हीराबहादुर थापा, निजी चिकित्सक डा. अरुण सायमी तथा अङ्गरक्षकहरू सहभागी हुनुहुन्छ ।

भ्रमणदलमा निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशी, ज्ञानेन्द्रलाल प्रधान, चण्डीराज ढकाल, मनोज श्रेष्ठ पनि रहनुभएको महासङ्घले जनाएको छ । त्यसैगरी गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. उपेन्द्र महतो र डेनमार्कका लागि नेपाली राजदूत विजयकान्त लालकर्ण पनि रहनुभएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नर्वेका नरेशसँग प्रधानमन्त्री प्रचण्डको नेपालको जलविद्युत् विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारका विषयमा गम्भीर छलफल हुनेछ । परराष्ट्र सचिव आचार्य र नर्वेका समकक्षीबीच दुईपक्षीय सहयोग र समन्वयका विषयमा सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि तय भएको छ ।

नर्वेसँंग हुने सहमतिपत्रमा विशेषगरी नेपालको ऊर्जा विकास, सुशासन, वातावरण संरक्षण तथा शान्ति र विकासका कुरा समावेश हुने बताइएको छ । छोटो समयमा नर्वेले निकै प्रगति गरेका विश्वका नमुना मानिएका 'केही सफल आयोजना'को प्रधानमन्त्री प्रचण्डले अवलोकन गर्ने कार्यक्रम पनि रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री प्रचण्डको नर्वेपछि फिनल्यान्डको भ्रमणमा त्यहाँका राष्ट्रपतिसँग दुईपक्षीय हितका विषयमा भेटवार्ता हुनेछ । फिनल्यान्डमा वैकल्पिक ऊर्जा, वायु ऊर्जा, नवीकरणीय ऊर्जा, नोकिया मोबाइललगायतका सफल उद्योग प्रतिष्ठानको प्रविधिको अवलोकन गरी नेपालमा ल्याउने सम्भावनाका बारेमा विज्ञहरूसँग छलफल पनि गर्ने कार्यक्रम छ ।

नेपाल उद्योग वाणिज्य महासङघले प्रधानमन्त्री प्रचण्डको यो भ्रमणले नेपालले हाल ऊर्जा सङ्कट भोगिरहेका बेला जलविद्युत् विकासका लागि लगानी पर्याप्त भित्रिनसक्ने बताएको छ । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना अघि सारेको छ ।

अर्काेतिर सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउन थालेको परिपे्रक्ष्यमा यो भ्रमणमा निजी क्षेत्रको उल्लेख्य सहभागिताले पर्यटन विस्तारका लागि पनि निकै उपयोगी हुने विश्वास गरिएको छ ।

यसैबीच, राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री 'प्रचण्ड' नर्वे र फिनल्यान्डको औपचारिक भ्रमणको सिलसिलामा शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको अन्तरिम संविधान-२०६३ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री वामदेव गौतमले सम्हाल्ने गरी तोक्नुभएको छ ।

सो कुरा राष्ट्रपतिको कार्यालयले शनिबार जनाएको छ ।

http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=16340&cat_id=14

No comments:

Post a Comment