Thursday, March 26, 2009

अन्तर्राष्ट्रिय जल विद्युत् सम्मेलन बैसाख दोस्रो सातामा हुने

काठमाडौं, चैत १३ (दैनिकी)- आगामी वैसाख १२ गतेदेखी काठमाडौंमा अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलन हुने भएको छ। ´नेपालको प्रगतिको लागि जलविद्युत´ विषय रहेको उक्त सम्मेलन दुइदिनसम्म चल्ने सम्मेलनको संयोजक स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गर्ने कार्यक्रम रहेको उक्त सम्मेलनमा भारतका संघीय जलस्रोत मन्त्रालयका सचिव यु पन्जियार, भारतीय योजना आयोगका सदस्य किरिट पारिक अतिथिको रुपमा बोलाइएका छन्।

सम्मेलनमा नेपालको जलविद्युत सम्भाव्यता नीति र प्रयास निर्माणाधिन अवश्थामा रहेका जलविद्युत परियोजनाहरुको जानकारी सामाजिक उत्तरदायित्व र वातावरणीय व्यवस्थापन आदिको बारेमा कार्यपत्रहरु सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रस्तुत गर्ने इप्पानका कार्यकारी व्यवस्थापक प्रदिप गंगोलले जनाएका छन्।

नेपालको जलविद्युत क्षेत्रको विकास र लगानीमा चासो देखाउने भारतीय लगायत कम्पनीहरुको पनि सम्मेलनमा सहभागिता हुने बताइएको छ। सम्मेलनको व्यवस्थापन पहिलोपटक भारतको इन्डोटेक फाउन्डेसनले गरेको हो। सम्मेलनको नेपाल तर्फको सहसंयोजक नेपाल उद्योग बाणिज्य महासंघ रहेको छ।

- 2009-03-26 12:58:11
http://www.dainikee.com/news/index.php?action=news_details&news_id=5399

No comments:

Post a Comment